काठमाडौँ । प्रतिनिधिसभा विघटनको बिरुद्धमा पुष १३ गते नेपाली काँग्रेसले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा बिरोध प्रदर्शन गर्दैछ ।
काँग्रेसले सम्वन्धित प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट उठेका उम्मेदवारहरुलाई नै आआफ्नो निर्वाचन क्षेत्रमा हुने बिरोध कार्यक्रममा सहभागि हुन निर्देशन गरेको छ।
तर काँग्रेस सभापति शेरबहादुर देउवा भने मंगलबारको प्रदर्शनमा भक्तपुरमा सहभागि हुने छन् । उनी कार्यव्यस्थताका कारण गृह जिल्ला डडेलधुरा नजाने भएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले सभापति देउवाले भक्तपुर क्षेत्र नम्बर २ को बिरोध प्रदर्शनलाई सम्बोधन गर्ने जानकारी दिए।
यस्तै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल गृह जिल्ला तनहुँमा हुने विरोध प्रदर्शनमा सहभागि हुने छन् । उनी आजै त्यसतर्फ लागेका छन।
यसैगरी महामन्त्री डा. शशांक कोइराला नवलपरासीबाट प्रदर्शनमा सहभागी हुने छन्। उनी आफ्नै निर्वाचन क्षेत्र नवलपरासी १ बाट प्रदर्शनमा सहभागी हुने भएका हुन्।
सहमहामन्त्री डा. प्रकाशसरण महत काठमाडौं ५ बाट प्रदर्शनमा सहभागी हुने छन्। यस्तै केन्द्रीय सदस्य गगन थापा नेपालगंजबाट विरोध प्रदर्शनमा सहभागी हुँदै छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
