संसद् विघटनको स्टेप मोबाइल किन्दा हुने वारेन्टी जस्तै हो  : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले संसद विघटनको स्टेपलाई मोबाइल किन्दा हुने वारेन्टी कार्डसँग तुलना गरेका छन् ।

शनिबार राजधानीको रोल्टी होटलमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले उठाएको संसद् विघटनको स्टेपलाई मोबाइल किन्दा हुने वारेन्टी कार्डसँग तुलना गरेका हुन् ।

Advertisement

प्रतिनिधि सभाको वारेन्टी ५ वर्ष रहे पनि बिचैमा बिग्रेपछि सर्भिसिङ गर्न निर्वाचनमा जानुपरेको उनको भनाइ छ। 

यस्तै उनले कार्यक्रममा कोरोना निर्मुल भएको आफूलाई आभाष भएकोसमेत बताएका छन् । मन्त्री गुरुङले पछिल्लो दिनमा कोरोना संक्रमण घट्दै गएकोपनि दावी गरे ।

More News last news
Loading...