काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ५०० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
संक्रमण पुष्टि हुनेमा २१३ महिला र २८७ जना पुरुष रहेका छन्। हालसम्म नेपालमा २ लाख ५७ हजार ७०० संक्रमितको संख्या पुगेको छ।
त्यसैगरी २४ घण्टामा ८४० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन्। योसँगै निको संख्या २ लाख ४९ हजार १३२ संख्या पुगेको छ। देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ६ हजार ७४९ छ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ५ हजार ८२६ परीक्षणहरु गरिएका छन्। २४ घण्टामा जम्मा ५ हजार ४३४ पीसीआर परीक्षण भएका छन्। क्वारेन्टाइनमा रहनेको संख्या ३६९ रहेको छ।
कोरोना संक्रमणबाट २४ घण्टामा थप ३ को मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८१९ जना पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
