विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी सुरु भएको छ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड– नेपाल पक्षका सांसदहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी गरेका हुन्।
नेकपाको केपी शर्मा ओली समूहमा रहेका मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन लागेको सूचना पाएको ओली समूहकै नेताहरुले बताएका छन्।
माधव प्रचण्ड समूहका एक प्रदेश सांसद्ले आफूहरु अविश्वास प्रस्तावको गृहकार्यमा रहेको र केन्द्रको निर्देशन पर्खिएर बसेको अनलाइनखबरलाई बताए।
प्रचण्ड-माधव समूहले शुक्रबार बागमती प्रदेशको मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराइसकेका छन्।
प्रदेशसभाको ९३ सदस्यमध्ये नेकपाका ६७ सांसद छन्। कांग्रेसको २१ र साना दलको पाँच सांसद् छन्। नेकपाका ६७ मध्ये ओली पक्षमा २० जना सांसद छन् । प्रचण्ड–नेपाल पक्षमा ४७ जना छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
