काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रधानमन्त्री केपी ओली समूहको केन्द्रीय समिति बैठकलाई नेतारामबहादुर थापा ‘बादल’ले सम्बोधन गरेका छन्।
बैठकलाई सम्बोधन गर्दै गृहमन्त्रीसमेत रहेका नेता बादलले अवसरवादीलाई तुफान बनेर पराजित गर्नुपर्नेमा जोड दिए।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहलाई प्रतिगमनकारी र अवसरवादीको संज्ञा दिँदै बादलले यस्तो बताएका हुन्। ‘हामी प्रतिगमनकारी र अवसरवादीहरूलाई आँधीबेहरी र तुफान बनेर पराजित गर्दै देशको सही ढंगले नेतृत्व गर्ने छौं’, बादलले भने।
नेता बादलले प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएकोसमेत बताएका छन्। उनले चुनावमा गएर फुटवादी र प्रतिगमनकारीलाई पराजित गर्नुपर्नेमा जोड दिए।
‘प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको छ’, बादलले भने, ‘चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीलाई परास्त गर्नुपर्छ।’
बादलले प्रचण्ड र नेपाल समूहको ध्यान क्रान्तिका उपलब्धिहरु उल्ट्याउन केन्द्रित भएको अरोपसमेत लगाएका छन्। उनले उनीहरुको दुश्मनको जालमा परेकोसमेत बताएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
