ओली समूहको बैठक बालुवाटारमा जारी, गृहमन्त्री थापा पनि सहभागी

काठमाडौँ । नेकपा ओली समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरू भएको छ। प्रतिनिधिसभा विघटनपछि ओली समूहको आज दोस्रो केन्द्रीय कमिटी बैठक बसेको हो।

बैठकमा पूर्वमाओवादी समूहका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि सहभागी भएको ओली निकट स्रोतले जनाएको छ।

Advertisement

आजको बैठकले सचिवालय सदस्यहरूको संख्या थप्ने, चुनावी तयारी तथा अर्को समूहले सरकारलाई पारेको अप्ठेरोको भण्डाफोर गर्न गाउँतहस्म कार्यकर्ता खटाउने विषयमा अध्यक्ष ओलीले निर्देशन दिने तयारी गरेको एक सदस्यले जानकारी दिए।

अल्पमतमा परेको ओली समूहको गत मंगलबार बसेको केन्द्रीय कमिटी बैठकले ५५६ जना केन्द्रीय सदस्य थप्दै ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेको थियो।

More News last news
Loading...