सातै प्रदेशमा ओली समूहको प्रशिक्षण आज, नेताहरूलाई तोकियो जिम्मेवारी

काठमाडौँ । नेकपा ओली समूहले आज सातै प्रदेशमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्दैछ।

आगामी २०७८ मंसिर २ गते महाधिवेशन गर्ने निर्णय गरेको ओली समूहले आज सातै प्रदेशमा प्रशिक्षण गर्न लागेको हो।

Advertisement

प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि विभिन्न नेताहरूलाई जिम्मेवारी तोकिएको छ।

केपी शर्मा ओली नेतृत्वको नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले सार्वजनिक गरेको नेताहरुको सूची यस्तो छ ।

१) सुदूरपश्चिम प्रदेश– लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा। विन्दा पाण्डे ।
२) कर्णाली प्रदेश– शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य ।
३) लुम्बिनी प्रदेश– विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटा ।
४) गण्डकी प्रदेश– टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेल ।
५) वागमती प्रदेश– ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल ।
६) प्रदेश नं २. – ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो ।
७) प्रदेश नं. १. – सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा। शिवमाया तुम्बाहाम्फे ।

More News last news
Loading...