प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा आजबाट सुनुवाई हुँदै

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको बैधतामाथि परेको रिट निवेदनमाथि आजबाट प्रारम्भिक सुनुवाई थाल्दैछ।

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध १३ वटा रिट दायर भईसकेका छन्। ती मध्ये एउटा रिट निवेदन सोझै संवैधानिक इजलासमा गएको छ भने बाँकी साधारण प्रकृतिका छन्।

Advertisement

सवैधानिक इजलासमा दर्ता भएको निवेदनको पालो भने आगामी शुक्रबार आउने सम्भावन रहेको छ।

विघटन सम्बन्धी एकै खालको मुद्दामध्ये एउटा नियमित इजलासमा र अर्को संवैधानिक इजलासमा परेकोले आदेशमार्फत सबै निवेदनलाई एउटै इजलासमा हेर्न गरी आदेश हुने सम्भावना पनि रहेको छ।

More News last news
Loading...