दुवै नेकपामा वामदेव गौतम र रामबहादुर थापा तटस्थ

काठमाडौँ । सत्तारुढ नेकपाका नेताहरु आ-आफ्नो कित्ता प्रष्ट पारेर दुई समूहमा लागेका छन्। तर उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादल अझै तटस्थ छन्।

मंगलबार ओली र प्रचण्ड–नेपाल समूहको बैठकमा उनीहरु सहभागी भएनन्। ओली र दाहाल–नेपाल समूहले आ–आफ्नो समूहको बैठकमा सहभागी हुन गरेको आग्रह अस्वीकार गर्दै गौतम र थापा कुनै पनि बैठकमा सहभागी भएनन्। दुवै नेता आन्तरिक छलफलमै रहेका छन्।

Advertisement

मंगलबार गौतम निवास भैंसेपाटीमा गौतम र थापाबीच केहीबेर छलफल भएको थियो। गौतम र थापा पार्टी फुटको विरुद्धमा उभिँदै आएका छन्।

उनीहरु निकटका केन्द्रीय सदस्यहरू भने प्रचण्ड-नेपाल समूहको बैठकमा सहभागी भएका छन्। पूर्वमाओवादीका नेताहरू टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्टसहितका नेताहरू ओली समूहको बैठकमा सहभागी भएका छन्।

More News last news
Loading...