काठमाडौँ । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूत नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले डा. खतिवडालाई मंगलबार राजदूत नियुक्त गरेकी हुन्।
मन्त्रिपरिषदको सिफारिसमा खतिवडालाई संयुक्त राज्य अमेरिकाको लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
गत असोज १५ गते बसेको मन्त्रिपरिषद् बैठकले डा. खतिवडालाई अमेरिका र लोकदर्शन रेग्मीलाई बेलायतको राजदूत नियुक्त गर्ने निर्णय गरेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
