काठमाडौँ । सरकारले बेलायतबाट नेपाल आउन प्रतिबन्ध लगाएको छ।
बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले बेलायतबाट आउने कुनै पनि यात्रु नल्याउन एअरलाइन्सहरूलाई निर्देशन दिएको हो।
बेलायतबाट वा कुनै पनि ट्रान्जिट भएर आउने यात्रु नबोक्न प्राधिकरणले निर्देशन दिएको छ। यो निर्णय बुधबार बेलुकादेखि लागू हुनेछ।
बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि विश्वका झण्डै ५० वटा देशले बेलायतसँगको उडान रद्द गरेर यात्रा प्रतिबन्ध लगाइसकेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईँले बेलायतमा नयाँ भाइरस देखिएको र भाइरस पहिलेको भन्दा बढी सङ्क्रामक पाइएपछि बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरिएको बताए।
युरोपियन युनियनले बेलायतसँग सिधा उडान र आवतजावत रोकेपछि नेपाल सरकारले पनि नेपाल प्रवेशमा रोक लगाएको उनले बताए।
बैठकले पुस १ गतेयता नेपाल आएकाहरूले अनिवार्य रूपमा ७ दिन क्वरेण्टीनमा बसेर जाँच गरेपछि मात्र घररगन्तव्य जान पनि अनुरोध गरेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
