काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यो वर्षको हिउँदे विदा रद्द गरेको छ। नोवेल कोरोना भाइरस (कोभिड-१९)का कारण यो वर्षको हिउँदे विदा रद्द गरिएको त्रिविले जनाएको छ।
‘कक्षा तथा परीक्षा सञ्चालनको अनिवार्यतालाई मध्यनजर गरी त्रिविका शिक्षकहरूलाई दिइँदै आएको हिउँदे विदाको व्यवस्था यो वर्षका लागि रद्द गरी पठनपाठनलाई सुचारु गर्ने त्रिवि कार्यकारी परिषद्को निर्णय भएको व्यवहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ,’ त्रिवि रजिस्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
२०७६ चैतमा स्थगित परीक्षा तथा कक्षा त्रिविले भौतिक तथा अनलाइन माध्यमबाट सञ्चालन गर्दै आएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
