केन्द्रीय समितिमा ओलीको बोलीः कसैलाई कारबाही गर्दिन, पार्टी पनि फुटाउदिन

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी नफुटाउने र कसैलाई कारबाही पनि नगर्ने बताएका छन्।

आफू निकटको केन्द्रीय समिति बैठकमा उनले यस्तो बताएका हुन्। यद्यपी उनलाई प्रचण्ड समूहले कारबाहीको तयारी गरिरहेको छ।

Advertisement

यस्तै ओलीले एकलौटीरुपमा ११९९ सदस्सीय महाधिवेशन आयोजक समिति घोषणा गरेका छन्।

बालुवाटारमा जारी केन्द्रिय कमिटि बैठकलाई सम्बोधन गर्दै उनले प्रचण्डलगायत कुनै पनि नेतामाथि कारबाही नगर्ने स्पष्ट पारे।

उनले पार्टी एकता अझ सुदृढ बनाउने र महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने समेत बताए।

More News last news
Loading...