ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा बादल गएनन्

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ गएनन्।

केहीवेरअघि बालुवाटारमा ओली पक्षले बोलाएको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। तर गृहमन्त्री बादल भने पुल्चोकस्थित मन्त्री निवासमै छन्।

Advertisement

बादल निकट स्रोतका अनुसार उनी आफू निकट नेताहरुसँग परामर्शमा छन्। सोमबार राति बालुवाटार पुगेर बादलले ओलीसँग भेट गरेका थिए।

मंगलबार बिहान अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुल्चोक गएर आफूलाई सहयोग गर्न बादललाई आग्रह गरेका थिए।

More News last news
Loading...