काठमाडौँ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) गृहमन्त्री रामबहादुर थापालाई भेट्न मन्त्री निवास पुल्चोक पुगेका छन्।
हिजो पनि थापासँग छलफल गरेका प्रचण्ड आज पनि बिहानै पुल्चोक पुगेका हुन्।
नेकपा औपचारिक रुपमा विभाजन हुन लागेका बेला नेता थापा भने कुनै समूह तर्फ खुलेका छैनन्। दुवै अध्यक्षसँग सल्लाह गरेर आफूले निर्णय लिने बताएका थिए।
हिजै बेलुका थापाले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग १ घण्टा छलफल गरेका थिए।
संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम गलत भएको बताए पनि हिजो दुवै अध्यक्षले राखेका कुनै भेलामा थापा सहभागी भएनन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
