काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र अनुशासनको कारबाहीमा परेपछि माधव नेपाललाई अध्यक्ष बनाउने तयारी गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको बिवाद वारपारकोस्थितीमा पुगेको छ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले संसद भंग गर्दै बैशाखमा मध्यावधि निर्वाचनको मिति घोषणा गरेपछि पार्टीले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ।
यद्यपी पहिलो बरियता भने प्रचण्डको हुने छ। नेता नेपाललाई मंगलबारको बैठकमा अध्यक्ष चयन गर्ने कि अर्को बैठकबाट गर्ने भन्ने बिषय टुंगो लागेको छैन।
आज नेकपा अध्यक्ष तथा केपी शर्मा ओलीले बिहान ९ बजे र प्रचण्डले १ बजेका लागि केन्द्रीय कमिटीको बैठक बोलाएका छन्।
आज दुवै समुहले छुट्टा–छुट्टै बैठक बोलाएसँगै नेकपा औपचारिक विभाजनमा संघारमा पुगेको आंकलन गरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
