राष्ट्रिय जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले केपी ओली नेतृत्वको सरकारको संसद विघटनको कदम असंवैधानिक, अप्रजातान्त्रिक र अधिनायकवादी कदम भएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

सोमबार सो पार्टीको केन्द्रीय कार्यालय बैठकले उक्त निश्कर्ष निकालेको हो। बैठकपछि अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गरी सरकारको उक्त कदमको तिव्र विरोध र भर्त्सर्ना गरेका छन्। साथै ओली नेतृत्वको सकारलाई दिएको समर्थन समेत फिर्ता लिएको जानकारी दिए।

Advertisement

‘हामीले ओली नेतृत्वको सरकारलाई विगतमा त्यसले गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताका विषयमा लिएको अडानका कारणले समर्थन गरेका थियौँ । तर त्यसको प्रतिनिधिसभा विघटन गर्ने गलत काम र त्यसले स्वयं गणतन्त्र, राष्ट्रियता तथा धर्म निरपेक्षतामाथि पार्ने प्रतिकूल स्थितिमाथि विचार गरेर ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका छौँ,’ जारी विज्ञप्तिमा भनिएको छ।

More News last news
Loading...