काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता पवित्र उद्देश्यले गरिए पनि त्यसमा कब्जा गर्न खोजिएको आरोप लगाएका छन्।
बालुवाटारमा आफुपक्षीय निवर्तमान सांसदहरुको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड लगायतका नेताहरुको उद्देश्य पार्टी एकतापछि कब्जा गर्ने उद्देश्य रहेको उल्लेख गरे।
‘पार्टी एकता पवित्र उद्देश्यले गरेको हो । तर उहाँहरुको नियत खराब रहेछ । पार्टी एकतापछि कब्जा गर्ने रहेछ।
‘आफै ओलीलाई छोडे भन्ने अनि आफै होइन मलाई नै चाहिन्छ भन्ने यो कस्तो तरिका हो ? आफु प्रधानमन्त्री हुने अनि राष्ट्रपति झलनाथलाई बनाउने यो सब योजना र षड्यन्त्र बुझेर मैले यो कदम चाल्न बाध्य भएको हुँ,’ संसद भङ्ग गर्नुपर्ने कारणबारे ओलीले प्रस्टयाए।
त्यस्तै ओलीले पार्टीकै नेताहरुले सरकार विरुद्धमा समाचार लेखाएको आरोप समेत लगाएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
