नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुस ७ गते बस्दै

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही पुस ७ गते बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा अपराह्न १ बजे बस्ने कांग्रेसले जनाएको छ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

Advertisement

प्रधानमन्त्रीको संसद् विघटनको कदमले लोकतन्त्र विरोधीलाई बल पुुगेको भन्दै कांग्रेसले सबै राजनीतिक दल विरोधमा लाग्नुुपर्नेमा जोड दिएको छ।

लोकतन्त्र र संविधानको रक्षाका लागि सबै दलहरु मिलेर अघि बढ्नुपर्ने काँग्रेसले अपिल गरेको छ।

More News last news
Loading...