प्रधानमन्त्री ओली र निर्वाचन आयोगका प्रमुखबीच छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका प्रमुख र सदस्यसँग नयाँ निर्वाचन सम्बन्धमा छलफल गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ निर्वाचन सम्बन्धमा अपरान्ह ४ बजेतिर आयोगका प्रमुख तथा सदस्यहरुसँग छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

Advertisement

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन्। मध्यावधि निर्वाचनको मितिसमेत तोकिएको छ।

नयाँ निर्वाधन आउँदो वैशाख १७ र २७ गते दुई चरणमा गर्ने भएको छ। यो सँगै प्रधानमन्त्रीले सुरक्षा परिषद बैठक पनि डाकेका छन्। संसद विघटन लगत्तै ओलीले भेटघाटलाई तीव्रता दिएका छन्।

More News last news
Loading...