काठमाडौँ । संवैधानिक परिषद्ले झण्डै तीन दर्जन आयोगहरुमा अध्यक्ष तथा सदस्य नियुक्तिका लागि सिफारिस गरेको छ।
स्रोतका अनुसार राष्ट्रपतिबाट संसद विघटनको सिफारिस सदर भए लगतै संवैधानिक निकायहरुमा नियुक्त गर्न सिफारिस गरिएको पत्र संसद सचिवालयमा पुगेको छ।
निर्वाचन आयोगको सदस्यमा रामप्रसाद भण्डारी र डा जानकी तुलाधरको नाम सिफारिस भएको छ भने अख्तियारको प्रमुख आयुक्तमा प्रेमकुमार राई तथा आयुक्तहरुमा जयबहादुर चन्द र किशोरकुमार सिलवालको नाम सिफारिस गरिएको छ।
हेर्नुहोस्
१) अख्तियार: प्रमुख आयुक्त, प्रेमकुमार राई तथा आयुक्तहरुमा जयबहादुर चन्द र किशोरकुमार सिलवाल
२) निर्वाचन आयोगः आयुक्तहरुमा रामप्रसाद भण्डारी, डा जानकी तुलाधर ।
३) मानवअधिकार आयोगः अध्यक्ष टोपबहादुर मगर, मनोज दुवाडी, डा सूर्य ढुंगेल, लिलि बस्नेत थापा, मिहि ठाकुर ।
४) राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगः जुद्ध गुरुङ, अमरराज मिश्र ।
५) महिला आयोग : अध्यक्ष कमलाकुमारी पराजुली, कृष्णकुमारी पौडेल खतिवडा, विद्याकुमारी सिन्हा सदस्य
६) दलित आयोगः देवराज विक (दाङ) अध्यक्ष, मिना सोभ परशुराम रमतेल कुञ्ज बराइली, मेहेले पार्की सदस्य ।
७) राष्ट्रिय समावेशी आयोगः मनप्रसाद खत्री अध्यक्ष, रामचन्द्र जोशी हरिभक्त जोशी, जितेन्द्र पासवान सदस्य ।
८) आदिवासी आयोगः रामबहादुर थापा उदयपुर (अध्यक्ष), मीन श्रीस मगर गुल्मी, मिनसिंह लामा नुवाकोट, रिना राना स्याङ्जा, चरण राई उदयपुर।
९) मधेसी आयोगः जिवक्ष साह, रेणुदेवी शाह विजय गुप्ता सदस्य ।
१०) थारु आयोग: विकास चौधरी, बबिता चौधरी, सुबोधसिंह थारु भोलाराम चौधरी सदस्य ।
११) मुस्लिम आयोगः महमुद्दिम अलि, मिर्जाअर्सद बेग सदस्य ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
