वैशाख २३ मा आमचुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन्।

संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेको स्रोतले जनाएको छ।

Advertisement

स्रोतका अनुसार २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको छ। यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाँकी छ।

प्रधानमन्त्री ओलीले आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटन गर्न सिफारिस गरेका गरेका थिए।

More News last news
Loading...