५९ वर्षअघिको कीर्तिमान रोनाल्डोले गरे बराबरी

काठमाडौँ । क्रिस्टियानो रोनाल्डो इटालियन सिरिए ए को एक क्यालेन्डर वर्षमा कम्तिमा ३३ गोल गर्ने मात्र चौथो खेलाडी बनेका छन्।

पार्माविरुद्ध ४-० को जीत निकाल्ने क्रममा दुई गोल गर्दै रोनाल्डोले उक्त उपलब्धि हासिल गरेका हुन्।

Advertisement

३५ वर्षीय खेलाडीले प्रत्येक हाफमा गोल गर्दै युभेलाई जीत दिलाए। जीतसँगै युभेले दोस्रो स्थानमा रहेको इन्टर मिलानसँग अंक बराबरी गरेको छ भने शीर्ष स्थानमा रहेको एसी मिलानभन्दा एक अंकले पछि रहेको छ। यद्यपि, दुवै टोलीले एक खेल खेल्न बाँकी रहेको छ।

योसँगै युभेन्टसका फरवार्डले ओमार सिभिओरीले सन् १९६१ मा बनाएको एक क्यालेन्डर वर्षमा ३३ गोलको रेकर्ड बराबरी गरे। उनीभन्दा अघि गुनार नोर्डाहल (३६ गोल, १९५०) र फेलिस बोरेल (४१ गोल, १९३३) रहेका छन्।

मंगलबार युभेन्टसले फ्लोरेन्टिनाविरुद्ध खेल्दैछ । सो खेलमा गोल गरे रोनाल्डो यो सूचीमा अझै माथि उक्लिन सक्नेछन्। यो सिजन सिरिए ए को ९ खेलमा रोनाल्डोले १२ गोल गर्नका साथै एउटा गोलको अवसर सिर्जना गरेका छन्।

More News last news
Loading...