काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र विपक्षी जनता समाजवादी पार्टी (जसपा)बीच दुई बुँढे समझदारी भएको छ।
काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा काँग्रेस र जसपाका नेताहरुबीच भएको छलफलमा तत्काल संसद बैठक बोलाउन माग गर्ने र संसदमा भएको विपक्षी दलबीच सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको काँग्रेस नेता मिनेन्द्र रिजाले जानकारी दिए।
‘हिजो हामीले संसद अधिवेशन तत्काल बोलाउन भनेका थियौँ । यो विषयमा सबै विपक्षी दलसँग कुरा गर्छौ भनेको छौँ । त्यही अनुसार आज हामीले विपक्षी दल जनता समाजवादी पार्टीलाई बोलायौँ’, उनले भने । उनका अनुसार आसन्न अधिवेशनमा विपक्षीको भूमिका समन्वयात्मक रुपमा अझबढी प्रभावकारी कसरी बनाउने भन्ने छलफल भएको छ।
यस्तै काँग्रेस नेता रमेश लेखकले पनि शुक्रबार काँग्रेस संसदीय दल कार्यसमिति बैठकबाट भएका निर्णयकको वरिपरी छलफल भएको बताए।
उनका अनुसार संवैधानिक परिषद्को कार्यविधि सम्बन्धमा जारी गरिएको अध्यादेश तत्काल फिर्ता लिइ अबिलम्ब संसद बैठक बोलाउन माग छलफलको जोड थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
