काठमाडौँको न्यूनतम तापक्रम १ डिग्री नजिक, जुम्लामा माइनस ७ मा झर्‍यो

काठमाडौँ । नेपालमा हाल उत्तर-पश्चिमी वायुको प्रभाव रहेको छ। पश्चिमी तथा मध्य तराइ भूभागका अधिकांश स्थानहरुमा बाक्लो हुस्सु तथा कुहिरो लागिरहेको अवस्था छ।

केही दिनदेखि देशभर चिसो बढ्दो क्रममा रहेको छ। काठमाडौँ उपत्यकामा पनि तापक्रम गिर्दो अवस्थामा रहेको छ।

Advertisement

शनिबार काठमाडौँको न्यूनतम तापक्रम अहिलेसम्मै कै कम १.६ डिग्री सेल्सियस पुगेको छ । काठमाडौँको अधिकतम तापक्रम १७.७ डिग्री सेल्सियस रहेको छ।

नेपालमा अहिले सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ७ डिग्री सेल्सियस पुगेको छ। त्यस्तै, जोमसोमको न्यूनतम तापक्रम माइनस ३ डिग्री सेल्सियस रहेको छ भने जिरीको माइनस ३.५ डिग्री सेल्सियस रहेको छ।

दिपायलको न्यूनतम तापक्रम ०.७ डिग्री सेल्सिय रहेको छ भने वीरेन्द्रनगरको न्यूनतम तापक्रम १.८ रहेको छ। ताप्लेजुङको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस रहेको छ।

More News last news
Loading...