दाहाल-नेपाल पक्षको निष्कर्ष, अध्यादेश फिर्ता नगरिए डटेर लड्छौँ

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको भेलाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको एकाधिकार र सर्वसत्तावादी प्रवृत्तिविरुद्ध डटेर लड्ने निष्कर्ष निकालेको छ।

शुक्रबार पेरिस डाँडामा प्रदेश–१ का दाहाल-नेपाल समूह निकट जिल्ला अध्यक्ष र सचिवहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको एकलौटीपन र पछिल्लो परिस्थितिविरूद्ध सबै एकजुट भएर लड्नुपर्ने धारणा राखेका हुन्।

Advertisement

अध्यादेश फिर्ता नलिए थप कदम चाल्ने निष्कर्ष निकालेको केन्द्रीय कमिटी सदस्यले जानकारी दिए उनले पार्टी भित्र देखिएको गलत प्रवृतिहरुका विरुद्धमा कसरी संगठित भएर प्रतिवाद गर्ने भन्ने विषयमा छलफल भएको जानकारी दिए।

अध्यक्ष प्रचण्ड, नेता नेपाल, वरिष्ठ नेता झलनाथ खनालले बैठकमा राखेको विषयबारे उनले भने, “कसैले पार्टी एकताका सैद्धान्तिक पक्ष कसैले एतिहासिक सन्दर्भ, कसैले आज भइरहेको समस्या र कसैले अब लिनुपर्ने बाटोबारे चर्चा गर्नुभयो। सबैको निष्कर्ष एउटै हो, हामी पार्टी विभाजित हुन दिने छैनौं । गलत प्रवृति हावी भइरहन पनि दिने छैनौं ।”

भेलामा प्रचण्डले आफ्नो प्रतिवेदन विधि र विधानको लागि भएको बताएका थिए । भेलामा प्रदेश १ का १४ जिल्लाका नेकपा इन्चार्ज, अध्यक्ष, सचिव र सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यसमेत सहभागी भएका थिए।

More News last news
Loading...