काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठक सकिएको छ।
आजको बैठकमा मंगलबार सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा जारी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता हुने अपेक्षा गरिएको थियो। तर अध्यादेश फिर्ताबारे कुनै छलफल नभएको एक मन्त्रीले बताए।
उनका अनुसार मंगलबार अध्यादेश जारी गर्दा पनि अन्य मन्त्रीहरुलाई थाहा नदिइएको र आज पनि सो विषयमा कुनै छलफल नभएको बताए।
उनले बैठकमा विभिन्न मन्त्रालयहरूका नियमित एजेन्डाहरू बाहेकका विषयमा केही पनि छलफल र निर्णय नभएको जानकारी दिए।
मन्त्रिपरषदमा छलफल नै नगरी जारी भएको अध्यादेश फिर्ता लिन पनि मन्त्रीहरूलाई जानकारी नदिई गर्न सकिने उनको भनाइ थियो।
सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकारी र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश मंगलबार जारी गरेको थियो।
चौतर्फी विरोध भएपछि प्रधानमन्त्री बुधबारको नेकपा स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
