नेपालमा कोरोना संक्रमतिको संख्या २ लाख ५० हजार नाघ्यो

काठमाडौँ । नेपालमा कोरोना संक्रमतिको संख्या साढे २ लाख ५० हजार नाघेको छ। पछिल्लो २४ घण्टामा नेपालमा थप ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कूल संक्रमितको संख्या २ लाख ५० हजार १ सय ८० नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा जम्मा ७ हजार १ सय १७ पीसीआर परीक्षण भएका छन्। यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर १९ सय ९६ जना डिस्चार्ज भएका छन्।

Advertisement

नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ३८ हजार ५ सय ६९ जना पुगेको छ। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ८ सय ८१ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ सय ३० पुगेको छ।

यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४ सय ३८ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ सय ७४ जना महिला र २ सय ६४ जना पुरुष रहेका छन्।

नयाँ थपिने संक्रमितमा काठमाडौँमा ३ सय १० जना, भक्तपुरमा ४२ जना र ललितपुरमा ८६ जना रहेका छन्।

More News last news
Loading...