काठमाडौं । नेपाली काँग्रेसले आज देशभर प्रदर्शन गरेको छ । सरकारविरुद्धको प्रदर्शनमा काँग्रेसका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रह्यो।

कोरोना भाइरसको जोखिमबीच पनि काँग्रेसले सडक प्रदर्शन गरेको हो। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा पुल उद्घाटन गर्ने क्रममा अवरोध गरी प्रहरीले नियन्त्रणमा लिएपछि काँग्रेस सडकमा ओर्लिएको हो।

प्रमुख प्रतिपक्षी काँग्रेसमाथि संसद् र सडक दुवैमा निरिह रुपमा प्रस्तुत भएको भन्दै आलोचना भइरहँदा उसले विरोध प्रदर्शन गरेको हो।

हेरौँ देशभर भएको शक्ति प्रदर्शनका तस्बिरहरु





![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
