संवैधानिक परिषद्को बैठक आगामी मङ्गलबार बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता उपस्थित नभएपछि संवैधानिक परिषद्को बैठक स्थगित भएको छ। संवैधानिक निकायमा रिक्त पदपूर्तिका लागि बैठक आउँदो मङ्गलबार बस्ने गरी स्थगित भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना आइतबारको बैठकमा उपस्थित भएका थिए।

Advertisement

तर प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बैठकमा उपस्थित भएनन्। गएको शुक्रबार देउवासँग छलफल गरेर प्रधानमन्त्री ओलीले आइतबार परिषद्को बैठक बोलाएका थिए।

तर शनिबार देउवाले आफू पार्टी कार्यक्रमका कारण बैठकमा आउन नसक्ने जानकारी संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई गराएका थिए।

काँग्रेसले अख्तियार तथा निर्वाचन आयोग र अरू निकायमा समेत सम्मानजनक स्थान दिनुपर्ने अडान लिएको छ।

परिषद् बैठकमा विपक्षी दलको नेता अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था छ। संवैधानिक परिषदमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ।

More News last news
Loading...