गौतमबुद्ध कप क्रिकेटः सुपरओभरमा नारायणीसँग वाग्मती पराजित

काठमाडौँ । गौतमबुद्ध कप क्रिकेटमा टिम नारायणीले सुपर ओभरमा वाग्मतीलाई हराएको छ।

सुपर ओभरमा नारायणीले दिएको २६ रनको लक्ष्य पछ्याएको वाग्मतीले २० रन मात्रै बनाउन सक्यो।

Advertisement

सुपर ओभरमा पहिले ब्याटिङ गरेको नारायणीले करण केसीको लगातार ३ वटा छक्काको मद्दतमा २५ रन बनाएको थियो।

जवाफी ब्याटिङमा आएका ज्ञानेन्द्र मल्लले ३ वटा छक्का हान्दै वाग्मतीलाई जितको आशा देखाए पनि सम्भव हुन सकेन।

यसअघि वाग्मतीले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको नारायणले २० ओभरमा ९ विकेट गुमाएर १ सय १७ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो।

प्रतियोगिताको दोस्रो खेलमा भोलि वाग्मती र राप्ती खेल्ने छन् भने तेस्रो खेलमा राप्ती र नारायणी खेल्ने छन्।

More News last news
Loading...