काठमाडौँ । नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला कोरोना संक्रमित भएका छन्।
हिजो शुक्रबार गरिएको स्वाब परीक्षणमा नेता सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको हो।
नेता सिटौलाले सामाजिक सञ्जालमार्फत आफुमा कोरोना देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाएका छन्।
नेता सिटौलाले आफ्नो सम्पर्कमा आएका सबैलाई आवश्यकता अनुसार स्वाब परीक्षण गर्न र सावधानी अपनाउन आग्रह समेत गरेका छन्।
नेता सिटौलले भनेका छन्, “हिजो २०७७ साल मंसिर २६ गते गरिएको Covid-19 को PCR परिक्षण वाट मलाई Positive देखिएकोले केही दिन यता मेरो नजिकको सम्पर्कमा रहनु भएका सवैले आवस्यकता अनुसार परिक्षण गर्नुहुन र साबधानि अपनाउनु हुन अनुरोध गर्दछु । मेरो स्वास्थ्य अवस्था भने सामान्य रहेको छ। जयनेपाल !”
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
