बेलायतमा नेपाली सेनाका एक अधिकृतले जिते अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौँ । बेलायतको स्यान्डहर्स्टस्थित रोयल मिलिट्री एकेडेमीमा तालिम लिन गएका नेपाली सेनाका एक अधिकृतले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन्।

२१ वर्षीय सेकेन्ड लेफ्टिनेन्ट पिटर थापाले तालिमका क्रममा उत्कृष्ट क्षमता प्रदर्शन गरेबापत ‘इन्टरनेसनल सोर्ड अफ अनर’ अवार्ड पाएका हुन्। २० वर्षयता नेपाली क्याडेटले उक्त अवार्ड पाएको यो पहिलो हो।

Advertisement

विश्वका विभिन्न मुलुकका ३३ क्याडेट ४४ साताको प्रशिक्षणमा सामेल थिए। कमिसनिङ कोर्स समापनका क्रममा शुक्रबार बेलायती महारानीको प्रतिनिधित्व गर्दै उपस्थित जनरल सर प्याट्रिक स्यान्डर्सले थापालाई उक्त अवार्ड प्रदान गरे।

यसबाहेक थापाले प्लाटुन कमान्डर पास समेत पाएका छन्। ब्रिटिस अफिसर क्याडेटलाई तालिम दिन योग्य उक्त ‘इन्सट्रक्टर पास’ नेपाललाई पहिलोपटक दिइएको थापाले बताए।

थापा कुनै पनि बेला रोयल मिलिट्री एकेडेमी स्यान्डहस्र्टमा गएर टिस क्याडेटलाई २ वर्षसम्म प्रशिक्षण दिन सक्ने छन्।

More News last news
Loading...