क्रिकेट टोलीका पूर्व कप्तान खड्कालाई कोरोना संक्रमण

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पारसले आफूमा कोरोनाको लक्षण देखिएपछि आज (शुक्रबार) बिहान पीसीआर परीक्षण गराएकोमा रिपोर्ट पोजेटिभ आएको बताएका छन।

Advertisement

उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल फेसबुक मार्फत् जानकारी गराएका हुन्। कोरोना पुष्टि भएपछि आफू होम आइसोलेसनमै बसेको बताएका छन्।

कोरोना संक्रमण पुष्टिसँगै भोलिदेखि सुरु हुने गौतमबुद्ध कप क्रिकेटमा सहभागी हुन नपाउने भन्दै उनले दुःख व्यक्त गरेका छन्।

More News last news
Loading...