काठमाडौँ । राज्य व्यवस्था समितिले एआईजीको दरबन्दी थप गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ।
बुधबार बसेको समितिको बैठकले एआईजी दरबन्दी थप्ने मन्त्रिपरिषदको ३ गतेको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको हो।
मन्त्रिपरिषद्को उक्त निर्णयसँगै एआइजीका लागि विश्वराज पोखरेल सिफारिस भइसकेको अवस्थामा समितिले सो निर्णय स्थगन गर्न निर्देशन दिएको समिति सभापति शशी श्रेष्ठले जानकारी दिइन्।
बैठकमा सहभागी गृहमन्त्री रामबहादुर थापाले समितिले गरेको निर्देशनलाई आधार मानेर अगाडि बढ्ने जवाफ दिएका थिए।
गृहमन्त्री थापाले मन्त्रालयले ५ डीआईजीको दरबन्दी थप गर्न सिफारिस गरेको तर मन्त्रिपरिषद्को प्रशासनिक कमिटीले एक एआईजीको दरबन्दी थप गर्न भनेकाले सो बमोजिमको निर्णय गरेको बताएका थिए।
सरकारको उक्त निर्णयको सत्तारूढ दल नेकपाकै सांसद्हरू लालबाबु पण्डित, पम्फा भुसाल, झपट रावलले विरोध गरेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
