काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३८६ महिला र ६७० पुरुषसहित कूल १०५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार २८६ जनाको कोरोना परीक्षण भएको थियो। यस्तै सो अवधिमा १४८३ जना संक्रमणमुक्त भएका छन् । यस्तै १४ जनाको मृत्यु समेत भएको छ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ भने निको हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ । यस्तै देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २४५ जना रहेका छन्।
मन्त्रालयका अनुसार हालसम्म १६५१ जनाले ज्यान समेत गुमाएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
