विवेकशील नेपाली दल र साझा पार्टीबीच आज एकता हुँदै

काठमाडौँ । विवेकशील नेपाली दल र साझा पार्टीबीच आज एकता भएको घोषणा हुँदै छ।

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर यी दुई दलबीच एकता हुन लागेको हो।

Advertisement

कोरोना संक्रमणले निम्त्याएको परिस्थितिका कारण एकता घोषणा कार्यक्रम भर्चुअल माध्ममार्फत गर्न लागिएको साझा पार्टीको सञ्चार विभागले जनाएको छ।

नवगठित विवेकशील साझा पार्टीको अध्यक्षमा रवीन्द्र मिश्र र संयोजकमा मिलन पाण्डे रहनेछन्। दिउँसो साढे ३ बजे एकता घोषणा कार्यक्रम सुरु हुनेछ।

More News last news
Loading...