सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा सप्तरी र झापाका कोरोना संक्रमित २ जनाको मृत्यु भएको छ।
प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणि पोखरेलकाअनुसार मंसिर १९ गते कोरोना संक्रमण पुष्टि भएका सप्तरीको लक्ष्मीपुर ३ का ४२ वर्षीय पुरुषको उपचारका क्रममा २२ गते राति साढे १० बजे कोभिड अस्पतालमा मृत्यु भएको हो । मृतक पुरुष उच्च रक्तचापका दीर्घ रोगी थिए।
यसैगरी मुटु रोगी रहेका झापा विर्तामोड नगरपालिका ८ का ४५ वर्षीया महिलालाई मंसिर १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
सोही दिन भर्ना गरिएका उनको २१ गते राति १२ बजेर २५ मिनेटमा मृत्यु भएको थियो । प्रतिष्ठानको कोभिड अस्पतालमा उपचार गर्दागर्दै मृत्यु हुने संक्रमितहरुको संख्या १ सय १७ जना पुगेको प्रतिष्ठानले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
