सर्वदलीय बैठकमा कडा रुपमा प्रस्तुत हुने काँग्रेसको तयारी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सर्वदलीय बैठकमा उठाउने एजेण्डा तय गरेको छ।

आज (मंगलबार) प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा काँग्रेसका तर्फबाट एजेन्डा तयार गर्न सोमबार नै सभापति शेर बहादुर देउवाले बैठक बोलाएका थिए ।

Advertisement

बैठकमा कोरोनाको रोकथाम र नियन्त्रणमा सरकार असफल भएको, भ्रष्टाचार बढेको, सरकारका गतिविधिका कारण नागरिकमा निराशा छाएको, राजतन्त्रको पक्षमा सडकमा प्रदर्शन बढेकोलगायतका विषयमा सरकारलाई ध्यानाकर्षण गराउने काँग्रेसको तयारी छ।

काँग्रेस केही दिन अघि वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गृह जिल्लामा भएको धपपकडबारे पनि कडा रुपमा प्रस्तुत हुने छ ।

प्रधानमन्त्री ओलीले यसअघि गएको जेठमा भारतले लिपुलेक–कालापानीमा नेपाली भूभाग अतिक्रमण गरी सडक बनाएपछि छलफल गर्न सर्वदलीय बैठक बोलाएका थिए ।

More News last news
Loading...