प्रधानमन्त्री ओलीले बोलाए भोलि ११ बजेका लागि सर्वदलीय बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।

बैठक भोलि (मंगलबार) ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

Advertisement

आफ्नै दलभित्रको किचलो उच्चतम स्तरमा पुगेका बेला पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सर्बदलीय बैठक बोलाएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आयोजना गरेको थापाले बताए।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्र सत्ता संघर्ष चर्किरहेको र दलको स्थायी समिति बैठकमा समेत सहभागि नभएका प्रधानमन्त्रीले बोलाएको सर्बदलीय बैठकले धेरैको ध्यानाकर्षण गराएको छ।

प्रधानमन्त्रीले के विषयमा छलफल गर्नका लागि यो बैठक डाक्न लागेको भन्ने अझै यकिन भने हुन सकेको छैन।

तर अहिलेको बदलिदो परिस्थिति र समसामयिक विषयमा छलफल हुने स्रातले जनाएको छ।

खासगरी पछिल्ला दिनमा सडकमा देखिएको प्रदर्शनका विषयमा दलहरुको साझा धारणा बुझ्नका लागि बैठक डाकिन लागेको स्रोतको भनाइ छ।

More News last news
Loading...