हिँउदे अधिवेशनको तयारीमा संसद् सचिवालय, सांसद्लाई बाल्कोनीमा पनि राखिने

काठमाडौँ । संवैधानिक व्यवस्थाअनुसार अगामी पुस १४ गतेअघि सरकारले संघीय संसद बैठक आह्वान गनुपर्ने हुन्छ।

सोही समयलाई मध्यनजर गरेर संघीय संसद सचिवालयले बैठक सञ्चालनका लागि तयारी सुरु गरेको छ।

Advertisement

कोरोनाभाइरस संक्रमणको जोखिमका कारण सांसदहरुबीच दुरी कायम गर्दै बैठक सञ्चालनका लागि आवश्यक तयारी सुरु भएको संघीय संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाले रातोपाटीलाई जानकारी दिए।

उनले भने, ‘संसदको हिउँदे अधिवेशनका लागि आवश्यक पर्ने व्यवस्थापकीय काम सुरु गरेका छौँ । यो पटकको अधिवेशनमा कोरोनाका कारण बढी संवेदनशीलता अपनाउनु पर्नेछ।

यो संवेदनशील समयमा कसरी स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित तवरले अधिवेशन सञ्चालन गर्न सकिन्छ भन्ने ढंगले संघीय संसद सचिवालयले विभिन्न पक्षहरुबाट अध्ययन तथा विश्लेषण गरेर काम अघि बढाएको छ।’

विश्व स्वास्थ्य संगठनले तय गरेका मापदण्ड अनुसार सांसदहरुबीच कसरी दुरी कायम गर्न सकिन्छ, सुरक्षित रुपमा प्रवेश गर्नेदेखि, सभामा बस्ने र बाहिर निस्कनेसम्म के कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने तयारीमा सचिवालय जुटेको उनले बताए।

यसका लागि विभिन्न सरोकारवाला पक्षहरुसँग छलफल गरेर आएका सुझाव अनुसार व्यवस्थापनको प्रक्रिया अघि बढाइएको सहप्रवक्ता धमलाको भनाइ छ।

गत वर्षे अधिवेशनमा प्रतिनिधिसभामा दुई सिट छोडेर दुरी कायम गरिएपनि त्यसले पर्याप्त हुन नसक्ने भएकाले यसपटक सांसदहरुलाई बाल्कोनी अर्थात दर्शकदीर्घामा समेत राख्ने तयारी गरिएको छ।

More News last news
Loading...