नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १० हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ४० हजार ९८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा १७ जनाले ज्यान गुमाएका छन् भने १७५२ जना निको भएका छन्।

Advertisement

यो सँगै देशभर निको हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ भने मृतकको संख्या १५९४ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ५८२ जना रहेका छन् भने निको हुने दर ९३.७ प्रतिशत रहेको छ।

पछिल्लो २४ घण्टामा ६ हजार ४९५ जनाको पीसीआर भएको छ भने कुल परीक्षण संख्या १७ लाख ८४ हजार ५१९ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४८४ जनामा संक्रमण पुष्टि भएको छ।

More News last news
Loading...