काठमाडौँ । उदयपुरको कटारी नगरपालिका–८ भाण्टावारीस्थित एक सिमेन्ट उद्योग नजिक बम विष्फोट हुँदा पाँच जना मजुर घाइते भएका छन्।
बम विष्फोटबाट सौर्य सिमेन्ट उद्योगको खानी क्षेत्रमा रहेका एक स्कोभेटर, मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।
कटारीका डिएसपी हेमन्त भण्डारीका अनुसार अन्य तीनवटा स्काभेटरमा पनि क्षति पुगेको छ। मध्यराति १२ बजेर १५ मिनेटमा खानी क्षेत्रलाई लक्षित गरि राखेको बम विष्फोट हुँदा भाग्ने क्रममा पाँच मजदुर घाइते भएको प्रहरीले बताइएको छ। अज्ञात समूहले बम विष्फोट गराएको खानीका कर्मचारीले बताएका छन्।
सात जनाजतिको समूहमा आएका उनीहरुको पहिचान हुने सकेको छैन। बम विष्फोटपछि रोकिराखेका स्काभेटरमा पनि आगो लगाएका छन्।
विष्फोटबाट उद्योगमा कार्यरत कटारी नगरपालिका ८ का २४ वर्षीय विष्णुबहादुर मगर, वडा नम्बर ७ का २३ वर्षीय नविन मगर, उदयपुरगढी गाउँपालिका–२ का २५ वर्षीय दुर्गा तामाङ, मकवानपुर जिल्लाका ३० वर्षीय सागर मोक्तान, १८ वर्षीय शिवशंकर मोक्तान रहेको डिएसपी भण्डारीले जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
