काठमाडौँ । पार्टीभित्र विवाद बढ्दै जाँदा नेकपाका दुई अध्यक्षले राष्ट्रपति विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।
बिहीबार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतल निवास पुगेर राष्ट्रपतिसँग छलफल गरेका हुन्।
ओली बिहान शीतल निवास गएका थिए भने प्रचण्ड साँझ राष्ट्रपति निवास पुगेका थिए। भेटवार्ताको विषयमा केही नबताइए पनि नेकपाभित्रको विवाद मिलाउन राष्ट्रपतिले पहल गरेको बुझिएको छ।
बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली उपस्थित नभएपछि नेकपाभित्रको विवाद झन् बढेको छ। अर्को बैठक शनिबारको लागि बोलाइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
