तीन घण्टापछि काँग्रेस नेता रामचन्द्र पौडेल रिहा

काठमाडौँ । तनहुँमा प्रहरीले नियन्त्रणमा लिएका काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन्।

जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका पौडेललाई झन्डै तीन घन्टापछि रिहा गरिएको हो। निषेधाज्ञा उल्लंघन गरेको भन्दै प्रहरीले नेता पौडेललाई बुधवार अपरान्ह नियन्त्रणमा लिएको थियो।

Advertisement

व्यास नगरपालिकाका दुई वडा जोड्ने पुलको उद्घाटनका लागि पौडेल गृहजिल्लामा रहेका छन्।

आफ्नो पालामा निर्माण भएको पुल उद्घाटन गर्न स्थानीय सरकार र पुल निर्माण समितिले आफूलाई बोलाएकाले गृहजिल्ला गएको पौडेलको भनाइ छ।

तर सरकारले सुरक्षा दिनुको सट्टा उल्टो अधिनायकवादी चरित्र देखाउँदै आफूलाई पक्राउ गरिएको पौडेलले बताएका छन्।

पौडेललाई रिहा गरिएसँगै काँग्रेसले दमौली क्षेत्रमा गरिएको पृथ्वी राजमार्गको अवरोध पनि बुधबार रातिदेखि हट्ने बताइएको छ।

More News last news
Loading...