बाल यौन दूराचारको आरोपमा फ्रान्सेली नागरिक पक्राउ

काठमाडौँ । बाल यौन दूराचारको आरोपमा प्रहरीले पोखराबाट एक फ्रान्सेली नागरिकलाई पक्राउ गरेको छ।

सोमबार पोखरा महानगरपालिका–१७ बरौता पावर हाउस फुर्सेखोला बगर किनारबाट ६० वर्षका क्रिष्टियन सर्ज हेनरी नौगारेटलाई पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जानकारी दिएको छ।

Advertisement

उनले १२ वर्ष, ८ वर्ष र ७ वर्षका गरी ३ नाबालकलाई बाल यौन दूराचार गरिरहेको अवस्थामा फेला पारेको प्रहरीको दावी छ।

उनीविरुद्ध बालयौन दुरुपयोग तथा आप्राकृतिक मैथुन गरेको कसूरमा आवश्यक अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाएको सीआईबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले बताएका छन्।

उद्धार गरिएका नाबालकलाई भने अभिभावकको जिम्मा लगाएको प्रहरीले बताएको छ। ती फ्रान्सेली नागरिक गैर पर्यटकीय भिसामा नेपाल आई पोखरा महानगरपालिका खहरेमा बस्दै आएका थिए।

More News last news
Loading...