बलात्कारको आरोप लागेका सिद्धबाबालाई थुनामा राख्न सर्वोच्चको आदेश

काठमाडौँ । बलात्कारको आरोप लागेका सिद्धबाबा भनेर चिनिने कृष्‍णदास गिरीलाई थुनामा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ।

शुक्रबार न्यायाधीश डा आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले सिद्धबाबालाई थुनामा नै राख्न आदेश दिएको हो।

Advertisement

२०७६ माघ ९ गते जिल्ला अदालत सुनसरीले सिद्धबाबालाई धरौटीमा छाड्न आदेश दिएको थियो। त्यसविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले गरेको पुनरावेदनमा उच्च अदालत विराटनगरले थुनामा राख्न आदेश दिएको थियो।

सिद्धबाबाबाले उच्च अदालतको आदेश बेरीतको रहेको भन्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए। तर उच्च अदालतको आदेशलाई सदर गर्दै थुनामा पठाउन आदेश दिएको हो। सिद्धबाबामाथि आफ्नै आश्रममा एक अनुयायीमाथि बलात्कार गरेको आरोप लागेको छ।

More News last news
Loading...