काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् प्रभावशाली नेता डा. शेखर कोईरालाले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार के गर्दैछ भन्ने कसैले भन्ने अवस्था नरएको बताएका छन्।
बिश्वब्यापी कोरोना माहामारीका कारण त्रासमा भएका जनतामा कोरोना परीक्षण दर बढाउनुपर्ने भएपनि त्यसमा सरकार बेखबर भएको उनले बताए। उनले आफूलाई पनि सरकार छ कि छैन भन्नेबारे भ्रम भईरहेको उनको जिकिर छ।
उनले नेपाली काँग्रेस र पार्टीका भातृसंस्था नेविसंघ, तरुण दल, महिला संघलगायत सबै भातृ तथा शुभेच्छुकले भ्रष्टचारमा रुमलिएको, पदलोलुपका लागि आन्तरिक झगडामा ब्यस्त भएको सरकारको भर नपरी आफैं कोरोना भाईरसको रोकथाम, नियन्त्रण र उपचारको प्रयासमा रहनुपर्ने जिकिर गरेका छन्।
डा. कोईरालाले सामाजिक दुरी भन्दा भौतिक दुरी कायम गर्नुपर्ने बताउँदै सुनसरी सभापति राजीव कोईराला र सचिव केदार भण्डारीलाई पनि कोरोना लागेर निको भएको दृष्टान्त दिएका छन्।
कसलाई छ वा कसलाई कोरोना छैन भन्दा पनि कोरोनाबाट कसरी बच्ने भन्ने कुरा महत्वपूर्ण भएको बताए।
डा. कोईरालाले मुलुकको राजनीति अत्यन्तै तरल अवस्थामा गएको जिकिर गर्दै दुईतिहाईको सरकार पनि छ कि छैन भन्ने अवस्थामा लागेको टिप्पणी गरेका छन्।
उनले नेपाली काँग्रेसको अधिवेशन सकेसम्म फागुनमा र सकिएन भने चैत बैसाख सम्म अधिवेशन जसरी पनि सम्पन्न नगरे काँग्रेसको भविश्य समाप्त हुनसक्ने बताएका छन्।
उनले सरकार बेखबर र जनताप्रति उत्तरदायी हुननसकेको बेला प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पनि सरकारका गलत कृयाकलापबिरुद्ध रचनात्मक बिरोधमा उत्रन नसकेको भन्दै नेतृत्वको घुमाउरो पारामा आलोचनासमेत गरेका छन्।
उनले अधिवेशन समयमा गर्नुपर्ने भएपनि काँग्रेस कता कता अल्मलिएको देखेको बिश्लेशण गरेका छन्।
सम्पर्क समितिले अधिवेशन समयमा गराउन काँग्रेस नेतृत्वलाई दबाब दिन आग्रह गर्दै जिल्लामा कृयाशील सदस्यताको बिषयमा चनाखो भएर लाग्न निर्देशनसमेत दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
