पूर्वयुवराज पारस शाह बिरामी

काठमाडौँ । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ। चितवनको नारायणगढस्थित एक होटलमा बसेका शाहमा बुधबार साँझ स्वास्थ्यमा समस्या देखिएको हो।

पारसका सहयोगीहरुले खबर गरेपछि चितवन मेडिकल कलेजका वरिष्ठ मुटुरोग विशेषज्ञ डा श्याम राज रेग्मीसहितको चिकित्सकको टोलीले होटलमै पुगेर स्वास्थ्य चाँच गरेको छ।

Advertisement

शाहको मुटुको गति बढेको र प्रेसर पनि अलि बढेको पाइएको अरु समस्या खासै नदेखिएको रेग्मीले जानकारी दिए।

अहिले पारसले आराम गरिरहेको र थप समस्या देखिए अस्पतालमै लगेर उपचार गरिने बताइएको छ। शाह व्यक्तिगत घुमफिरका लागि साथीभाइसँगै चितवनमा पुगेको बताइएको छ।

More News last news
Loading...