तीन म्यानपावर कम्पनीको कारोबार रोक्का

काठमाडौँ । वैदेशिक रोजगार विभागले तीन म्यानपावर कम्पनीको कारोवार रोक्का गरेको छ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालका अनुसार पूर्वस्वीकृति नलिइ युवाहरुलाई कतार प्रहरीमा पठाउने भन्दै अन्तर्वार्ता लिएर ठगेपछि तीन म्यानपावर कम्पनीलाई कारबाही गरिएको हो।

Advertisement

एसओएस म्यानपावर सर्भिस, डीडी ह्युमन रिसोर्स र होप इन्टरनेशनलको सम्पूर्ण कारोवार बुधवारदेखि रोक्का गरिएको दाहालले जानकारी दिए।

डीडी ह्युमन रिसोर्स र एसओएस म्यानपावर सर्भिसले कतार पठाउने भन्दै अनाधिकृतरूपमा अन्तरर्वार्ता लिइरहेका बेला विभागको टोली पुगेको थियो। लगत्तै उनीहरूविरूद्ध कारबाही प्रकिया अघि बढाइएको थियो।

टोली त्यहाँ पुगेको थियो। यस्तै गुह्यश्वरीस्थित डीडी ह्युमन रिसोर्सले करिब ४ सय युवाहरुको अन्तरवार्ता लिइरहेको बेला विभागले छापा मारेको थियो।

More News last news
Loading...